हेटौँडाबाट पेस्तोल, सुन र लागु औषधसहित ४ जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडाबाट हतियार (पेस्तोल), सुन र लागु औषधसहित ४ जनालाई पक्राउ गरिएको छ । प्रहरीले हेटौँडा–१५ रातोमाटेबाट पेस्तोलसहित २ जना भारतीय नागरिक पक्राउ परेका हो ।
हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले आइतबार दिउँसो ३ः ४५ मिनेटको समयमा रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट पोस्तोल र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा सुरक्षा जाँच गर्दा धिरज र दीपकको साथबाट एक राउण्ड गोली लोड भएकोे अटो पेस्तोल र थप २ थान गोली फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए । २ महिनादेखिको सूचनाको आधारमा एउटा पेस्तोलसहित गोली फेला परेको उनको भनाई छ । उनीहरुलाई हातहतियार मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले बताए ।
त्यस्तै प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान १०ः ३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५, रातोमाटेमा बारा जिल्लाको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बस चालक बारा जिल्लाको कोल्वी नगरपालिका–५ का ३३ वर्षीय जस जोशी चौधरीको साथबाट ४३.३८ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएको सुनको बजार भाउ ६ लाख ३५ हजार २ सय २६ रुपैयाँ बराबरको भएको छ । प्रहरीले बरामद भएको सुनसहित चौधरीलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
त्यसैगरी प्रहरीले लागूऔषधसहित मकवानपुरको बकैया गाउँपालिका–४ का २४ वर्षीय नवीन सुनार हेटौंडा–१५, रातोमाटेबाट पक्राउ गरिएको छ । आइतबार दिउँसो ४ः३० बजेको समयमा पूर्वपश्मि राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ११६ नम्बरको बसमा सुरक्षाजाँच गर्ने क्रममा सुनारको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुर्फिन १३ एम्पुल गरी १०० एम्पुल बरामद गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल