सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?

सोमबार, १२ फागुन २०८१, १६ : १३
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरेको छ । 

त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई सुझाव पत्र बुझाउँदै सोचपत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयनबारे प्रश्न गरेको हो । नेविसंघले यसअघि २०८० चैत १८ गते बुझाएको सुझाव पत्र बमोजिम कार्यप्रगति विवरण समेत माग गरेको छ । 

सुझाव पत्रमा विश्वविद्यालयका उपकुलपतिको ४ वर्षे कार्यकालको सोचपत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयन भए/नभएको विषयमा जवाफ माग गरेको छ । करिब एक वर्षअघि बुझाएको सुझाव पत्र अनुसार सुझाएका समस्या र तिनको समाधानको अवस्थाबारे जानकारी दिन भनेको हो । 

पटक पटक बुझाएको ज्ञापनपत्र, ध्यानाकर्षण पत्र र सुझाव पत्र उपर हाल सम्म कुनै संवाद, छलफल एवं समन्वय समेत नभएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । 

आफूहरूले उठान गरेका मागहरू सम्बोधन नभएको खण्डमा विश्वविद्यालयका पदाधिकारविरुद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप