छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक परिसूचकमा सामान्य सुधार भएको छ । पछिल्लो ५ दिन देखि लगातार रूपमा बढेको नेप्से परिसूचक छैटौँ दिन पनि सामान्य अंकले वृद्धि भएको हो ।
आइतबार ११.६६ अंकले बढेको नेप्से सोमबार ३.३५ अंक बढेर २७५८.७५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर रहेको छ।
सोमवार कारोबारमा आएका ३१० कम्पनीको २ करोड ११ लाख १० हजार कित्ता शेयर ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा कारोबार रकम हुने थोरै घटेको छ । आइतबार ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ,लगानी,प्रशोधन र अन्य उपसमूहको परिसूचक बढेको छ । यता वित्त, होटल तथा पर्यटन, लघुवित्त निर्जीवन बीमा र म्युचुअल फण्ड लगायत उपसमूहको परिसूचक घटेका छन्।
सोमवार कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य साढे ९ प्रतिशत बढेको छ भने बोटलर्स नेपालको शेयर मूल्य ८ प्रतिशत बढेको छ ।
कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे ८० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो