सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
सेयर बजार

छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार

सोमबार, १२ फागुन २०८१, १५ : ४०
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक परिसूचकमा सामान्य सुधार भएको छ । पछिल्लो ५ दिन देखि लगातार रूपमा बढेको नेप्से परिसूचक छैटौँ दिन पनि सामान्य अंकले वृद्धि भएको हो ।  

आइतबार ११.६६ अंकले बढेको नेप्से सोमबार ३.३५ अंक बढेर २७५८.७५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर रहेको छ।

सोमवार कारोबारमा आएका ३१० कम्पनीको २ करोड ११ लाख १० हजार कित्ता शेयर ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा कारोबार रकम हुने थोरै घटेको छ । आइतबार  ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ,लगानी,प्रशोधन र अन्य उपसमूहको परिसूचक बढेको छ । यता वित्त, होटल तथा पर्यटन, लघुवित्त निर्जीवन बीमा र म्युचुअल फण्ड लगायत उपसमूहको परिसूचक घटेका छन्।

सोमवार कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य साढे ९ प्रतिशत बढेको छ भने बोटलर्स नेपालको शेयर मूल्य ८ प्रतिशत बढेको छ । 

कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे ८० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप