नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
सोमबार, १२ फागुन २०८१, १५ : ३८

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले दैनिक एक जनाले २० ग्राम नुन खान थालेको बताएका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘धेरै नुन खानाले शरीर रोग उत्पादनको घर बन्ने भयो । थाइराइडले समात्यो भनेर हिजोआज मैले यस्तै यस्तै कार्यक्रममा सुन्ने गरेको छु। एक व्यक्तिलाई दैनिक ५ ग्राम मात्र नुन भए पुग्नेमा २० ग्रामसम्म खान थालेकोले रोग बढ्न थालेको हो।’
महर्जनले नुनको विषयमा जनचेतनाको अभावकै कारण आम मानिसले आवश्यकताभन्दा बढी नुन खाइरहेको बताए । उनले भने, ‘साल्ट ट्रेडिङले नुनको विषयमा जनचेतनामूलक कार्यक्रमहरू बढी गर्नुपर्ने आवश्यकता छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’