पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
सोमबार, १२ फागुन २०८१, १५ : १६

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्स मैदानमा सोमबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै आर्मी क्लब सेमिफाइनलमा पुगेको हो ।
आर्मी क्लबको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक–एक गोलको योगदान गरे । आर्मी क्लबले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १९औँ मिनेटमै नवयुग श्रेष्ठले आर्मी क्लबलाई अग्रता दिलाएका थिए ।
सोही गोलका कारण पहिलो हाफमा आर्मी क्लब १–० ले अगाडि रह्यो । निर्धारित समयको ८१औँ मिनेटमा आर्मी क्लबका लागि दिनेश हेन्जनले दोस्रो गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो