सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेटा डिलिट नगरी आइफोनमा यसरी निकाल्नुस् स्टोरेज

सोमबार, १२ फागुन २०८१, १४ : ४७
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । पारिवारिक भेटघाट होस् वा साथीभाइसँगको घुमफिर, हरेक दिनको स्मृतिलाई जोगाउन हामी दिनँहुजस्तो फोटो भिडियो खिचिरहेका हुन्छौँ । आफूलाई मन परेका गीत, म्युजिक भिडियो र टीभी सो पनि टन्नै डाउनलोड गरेर राख्छौँ ।

सामाजिक सञ्जाल स्क्रोल गर्दै गर्दा आफूलाई मन परेको कपडा, गहना वा सामानको स्क्रिन सट पनि गरेर राखेका हुन्छौँ । यस्तो गर्दा कहिलेकाहीँ आइफोनको स्टोरेज भरिएर ‘आइफोन स्टोरेज फुल’ भन्ने म्यासेज आउँछ, थाहै हुन्न । यस्तोमा तपाईं हतारिएर टेराबाइट स्टोरेज भएको नयाँ फोन किन्न जानु पर्दैन । न त स्टोरेज बनाउन आफूलाई मन परेको फोटो वा भिडियोहरू नै डिलिट गर्नुपर्छ ।

यसको सट्टा केही आईओएस फिचरको लाभ उठाएर आइफोनमा तपाईंले टन्नै स्टोरेज बनाउन सक्नुहुन्छ । 

फोनमा नयाँ फ्रि स्टेजले लेटेस्ट सफ्टवेयर अपडेट इन्स्टल गर्न पाइयो; अरू फोटो खिच्न सकियो; नयाँ नयाँ एप पनि त डाउनलोड गर्न सकियो । यसका लागि आईओएसमा दुई वटा बिल्ट-इन सेटिङ हुन्छन्, यसले आइफोनमा निकै स्टोरेज क्लिनअप गर्न मद्दत गर्दछन् । यी दुईमध्ये एउटा क्लिन अप स्थायी हुन्छ भने अर्को अस्थायी ।

आइफोनमा स्टोरेज बढाउने सजिलो तरिका भनेको यसमा पहिल्यैदेखि स्टोर भएर बसेका फोटो र भिडियोलाई ‘अप्टिमाइज’ गर्ने हो । हरेक पटक फोटो र भिडियो खिच्दा फुल रिजोलुसनमा सेभ हुन्छ । बाई डिफल्ट नै यस्तै हुन्छ । धेरै रिजोलुसन भएको फोटो/भिडियोले ठाउँ पनि धेरै खान्छ । फोकेमा ६० एफपीएसमा खिचिएको भिडियोले करिब ४ सय एमबी डेटा खान्छ । यो भनेको लगभग आधा जीबी हो । यो भनेको निकै धेरै पनि हो । 

फोटो र भिडियोलाई अप्टिमाइज गर्न आइफोनको सेटिङमा फोटोजमा जानुहोस् । अनि अप्टिमाइज आइफोन स्टोरेजमा थिच्नुहोस् । यसले काम गर्न तपाईसँग आइक्लाउन फोटोज हुनुपर्छ । आइफोनमा कति फोटो र भिडियो छ त्यसको आधारमा अप्टिमाइज हुन धेरै थोर समय लाग्न सक्छ । यसको प्रक्रिया पूरा भएपछि फोनमा निकै स्पेस उब्रिएको तपाईंले देख्न सक्नु हुनेछ । फुल रिजोलुसनमा भएको फोटो र भिडियोहरू आइक्लाउडमा सर्नेछ अनि यसको सानो अनि कम रिजोलुसन भएको फोटो मात्रै फोनमा बस्नेछ । धेरै रिजोलुसन भएको फोटो वा भिडियो चाहिए फोटोज एपमा गएर डाउनलोड गर्न सक्नु हुन्छ । भर्खरै खिचिएका फोटो र भिडियो भने फुल रिजोलुसनमै बस्नेछ । 

आइक्लाउडमा पर्याप्त ठाउँ छैन भने नयाँ फोन किन्नुको सट्टा केही पैसा तिरेर क्लाउड अपडेट गर्न सकिन्छ । आइक्लाउड अपडेट गर्न मोबाइलको सेटिङमा जानुहोस् । आइक्लाउडमा थिच्नुहोस्, त्यसपछि म्यानेज एकाउन्ट स्टोरेजमा गएर 'बाई मोर' स्टोरेजमा जानुहोस् । आफूले खोजेको प्लान किनेर दिइएको जानकारीको पालना गर्नुहोस् । पेड आइक्लाउड सब्सक्रिप्सन अपग्रेड गरेको छ भने आइक्लाउड प्लसमा पहुँच पाइनेछ ।

खासै नचल्ने एप अफलोड गर्ने

हामी फोनमा भएको हरेक एप चलाउँदैनौँ । थर्ड पार्टी क्यामराजस्ता कैयौँ एप त त्यत्तिकै बसेर ठाउँ खाइरहेका हुन्छन् । कुनै एप कहिलेकाहीँ मात्रै चलाउनुपर्ने हुन्छ । दैनिक रूपमा चलाउनु नपर्ने वा आक्कलझुक्कल मात्रै चलाइने एपलाई हटाउन पनि सकिन्छ । यसका लागि फोनको सेटिङमा जानुहोस् । जनरलमा गएर आइफोन स्टोरेजमा जानुहोस् अनि कुन एपले सबैभन्दा धेरै स्टोरेज खाइरहेको छ हेर्नुहोस् । फोटो र म्यासेजेज जस्ता केही बिल्ट-इन एपलाई अफलोड गर्न सकिन्न । यसबाहेक खासै चलाउने होइन, तर कति धेरै ठाउँ खाइरहेको रहेछ भन्ने लागेका एपलाई भने अफलोड गर्न सकिन्छ । यसका लागि सो एपमा क्लिक गर्नुहोस् अनि अफलोड एपमा थिच्नुहोस् । यसो गर्दा ती एपमा भएका डकुमेन्ट र डेटा भने फोनमा स्टोर भएर बस्नेछन् । 

कहिलेकाँही फोनमा सफ्टवेयर डाउनलोडका लागि टेम्पोररी स्टोरेज चाहिएको हुन्छ । यस्तोमा लिस्टमा गएर अफलोड गर्न मिल्ने सबै एपलाई अफलोड गरिदिनुहोस् । आफूलाई चाहिएको स्पेस नपाउँदासम्म एपहरू अफलोड गर्दै जानुहोस् । चाहिएको बेलामा एप लाइब्रेरीमा गएर आइक्लाउड बटनमा थिचेर फेरि डाउनलोड गर्न सकिन्छ । अफलोड गरिएको एप होम स्क्रिनमा छ भने यसमा टेयाप मात्रै गर्दा हुन्छ, डाउनलोड गरिरहनु पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप