विराट कोहलीलाई शतक पुरा गर्नबाट रोक्न यस्तो चलाखी गरेका थिए पाकिस्तानी बलरले !

काठमाडौँ । कुनै पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिचको भिडन्तले छुट्टै महत्व पाउने गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा त यी दुई राष्ट्रबिचको भिडन्तले झनै ठुलो चर्चा पाउने गर्छ ।
आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा पनि आइतबार भारत र पाकिस्तानबिच दुबईमा खेल भयो । उक्त खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । उक्त खेलमा भारतको जितमा प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले शतकीय योगदान गरे ।
कोहलीले अविजित एक सय रन बनाए । उनले एक सय ११ बलको सामना गरी सात चौका हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो ५१ औँ शतक हो ।
अन्तिम समयमा कोहलीले शतक पुरा गर्न ठुलै संघर्ष गर्नुपरेको थियो । पाकिस्तानी बलरहरुले विराटलाई शतक पुरा गर्नबाट रोक्ने सक्दो प्रयास र चलाखी गरेको भन्दै अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमले पनि यसलाई समाचारको विषय बनाएका छन् । पाकिस्तानका तिब्रगतिका बलर साहिन शाह अफरिदीले पनि विराटलाई शतक पुरा गर्नबाट रोक्ने सक्दो प्रयास गरेका थिए ।
यसका लागि उनले एकपछि अर्को वाइड बल फालेका थिए । भारतले जितका लागि दुई सय ४२ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४१ औँ ओभरमा चार विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । त्यतिबेला भारतीय टोलीलाई खेल जित्न केवल १७ रन आवश्यक थियो । विराट कोहलीलाई भने शतक पुरा गर्न १३ रन चाहिएको थियो ।
त्यसपछि, ४२ औँ ओभरमा साहिन शाह अफरिदी बलिङ गर्न आएका थिए । समाचारमा दाबी गरिए अनुसार, उनले विराटलाई शतक पुरा गर्नबाट रोक्न जानेरै तीनवटा वाइड बल फालेका थिए । जसका कारण भारतको तीन रन त बढ्यो तर, त्यो विराटको खातामा भने जोडिएन ।
साहिन शाह अफरिदीको यो चलाखी बुझेपछि रंगशालामा उपस्थित भारतीय समर्थकले पाकिस्तानी खेलाडीलाई ‘लुजर्स’ अर्थात ‘हरुवा’ भनेर नारा लगाएको पनि समाचारमा जनाइएको छ । साहिन शाह अफरिदीको उक्त ओभर सकिँदा भरातलाई जितका लागि केवल चार रन आवश्यक थियो ।
त्यतिबेला कोहलीलाई भने शतक पुरा गर्न पाँच रन चाहिएको थियो । त्यसपछि, ४३ औँ ओभरमा खुशदिल शाह बलिङ गर्न आएका थिए । उनको पहिलो बलमा कोहलीले एक रन लिए । खुसदिलको दोस्रो बलमा अक्षर पटेलले पनि एक रन लिएर स्ट्राइक पुनः कोहलीलाई दिए ।
त्यसपछि, भारतलाई जितका लागि दुई र कोहलीलाई शतक पुरा गर्न चार रन चाहिएको थियो । खुसदिलको तेस्रो बलमा कोहलीले एक्स्ट्रा कभरमा आकर्षक चौका प्रहार गर्दै भारतलाई जित दिलाए भने आफ्नो शतक पनि पुरा गरेका थिए ।
केही समर्थकले भने पाकिस्तानी टोलीका बलरहरुको बचाउ गर्दै विपक्षी टोलीका खेलाडीको पहिलो जिम्मेबारी नै प्रतिद्वन्द्वी टोलीका खेलाडीलाई अप्ठ्यारोमा पार्नु र विपक्षी टोलीलाई हराउनु रहेको टिप्पणी समेत गरेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो