सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

बिक्की कौशलको 'छावा' ३ सय करोड क्लबमा, करिअरकै ठुलो ओपनिङ

सोमबार, १२ फागुन २०८१, १४ : ३४
सोमबार, १२ फागुन २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ले बक्स अफिसमा आफ्नो पकड बलियो बनाएको छ। 

बसेको छ । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको मुख्य भूमिका रहेको 'छावा' फेब्रुअरी १४ मा सिनेमाघरमा रिलिज भएको थियो । रिलिज भएको १० दिन बितिसक्दा पनि यसले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । 

छत्रपति शिवाजी महाराजका छोरा संभाजी महाराजको जीवनमा आधारित पिरियड ड्रामा फिल्म यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यससँगै यो फिल्म विक्की कौशलको करिअरको सबैभन्दा ठुलो ओपनिङ साबित भएको छ ।

रिलिजको १० औं दिनको सुरुवाती कलेक्सन अनुसार 'छावा' ३०० करोड क्लबमा प्रवेश गरेको छ । शनिबार फिल्मले ४४ करोड १० लाख भारु कमाएको थियो । आइतबार फिल्मको कमाइ ४० करोड भारु रह्यो । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन ३ सय ३३ करोड भारु नाघेको छ।

फिल्मले आँधीको गतिमा कमाइ गरिरहँदा अर्जुन कपुर, भूमि पेडनेकर र रकुल प्रीत सिंहको फिल्म ‘मेरे हस्बैंड की बीबी’ लगायत कैयौँ फिल्मलाई टिक्न गाह्रो भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप