छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान बलिउडमा आफूलाई साबित गर्ने कोसिसमा छन् । हालै श्रीदेवीकी कान्छी छोरी खुसी कपूरको साथमा जुनैदको ‘लवयापा’ रिलिज भएको थियो ।
कथा रोचक भए पनि फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । छोराको यो फिल्म फ्लप होला भन्ने आमिरले कल्पनै गरेका थिएनन् । फिल्म फ्लप भएपछि अभिनेताले आफू दुःखी भएको बताएका छन् ।
उनले भने, ‘दुर्भाग्यवश त्यो फिल्मले राम्रो व्यापार गर्न सकेन । मलाई पनि यसको निकै दुःख लागेको छ ।’ आमिरले फिल्म र जुनैदको अभिनय दुवै प्रशंसनीय भएकोमा जोड दिएका थिए । आमिरलाई आफ्ना आगामी प्रोजेक्टको भन्दा धेरै चिन्ता लवयापाको थियो ।
‘झ्यालबाट बाहिर हेर्दा पनि आफू निकै नर्भस महसुस भइरहेको, मुटु छिटो धड्किरहेको थियो’ फिल्म रिलिज हुनुभन्दा अघिका दिनहरू सम्झँदै आमिरले भनेका थिए । एबीपी न्यूजले जुनैदका भावी प्रोजेक्टबारे सोध्दा आमिरले उनले आमिर खान प्रोडक्सन अन्तर्गत अर्को फिल्म पूरा गरेको आमिरले बताए ।
वर्षको अन्त्यमा रिलिज हुने भनिएको यो फिल्ममा साई पल्लवीसँग जुनैदको जोडी छ । आमिरले यसलाई राम्रो प्रेमकथाको रूपमा वर्णन गरेका छन् ।
- छोराप्रति आशावादी छन् आमिर
फिल्म उद्योगको अप्रत्याशित प्रकृतिलाई स्वीकार गर्दै उनले भने, ‘यो त्यस्तो क्षेत्र हो जहाँ तपाईंले सफलता र असफलताको सामना गर्नुपर्छ ।’ तर आफूले आशा नमारेको अनि जुनैदको लचिलोपन र सकारात्मकतालाई मुख्य प्रतिभा भन्दै यसैले छोरालाई अगाडि बढ्न मद्दत गर्ने आमिरको भनाइ थियो ।
लवयापाले बक्स अफिसमा चमत्कार गर्न नसके पनि फिल्मको कथालाई धेरैले मन पराएका थिए । खुसी र जुनैदको अभिनयले मिश्रित प्रतिक्रिया पाएको थियो । यसअघि जुनैदले ओटीटीमा रिलिज भएको ‘महाराज’मा देखिएका थिए । खुसी चाहिँ आर्चीजमा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु