सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
सोमबार, १२ फागुन २०८१, १४ : ३१

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सीमा सुरक्षा बल वा विपत् नियन्त्रण बल भनेर नाम राख्न सकिने मत राखेका हुन् ।
उनले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताए । उनले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताए ।
उनले कार्यक्षेत्र टुङ्ग्याएर त्यही आधारमा कानुन बनाउन र सुविधा दिन सकिने पन्तको भनाइ छ । उनले सेनाको कमान्डमा राख्ने व्यवस्था कानुनमा लेख्न नहुने पनि पन्तको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला