६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण

बाँके । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आम नागरिकमा सेवा पुर्याउँदै आएको चर्चा गर्दै आज उद्घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा यसले नेपाल प्रहरी तथा आम नागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ति गराउनुका साथै विशेष परिस्थितिमा समेत इन्धनको आवश्यकता पूर्ति गर्न सहज हुने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रित सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए ।
उक्त अवसरमा प्रहरी नायव उपरीक्षक ई. रोशन सारू मगरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड २७ लाख ६४ हजार ७ सय रुपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’