सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क

सोमबार, १२ फागुन २०८१, १४ : २६
सोमबार, १२ फागुन २०८१

जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८ सीट जितेको छ । क्रिश्चयन डेमोक्र्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको हो ।

यससँगै नयाँ सरकार बनाउन होमवर्क सुरु भएको छ । मर्जले यो निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गरेका थिए। त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो।

मर्जको पार्टीले एएफडीसँग गठबन्धन नगर्ने बताउँदै आएको छ। मर्जले गठबन्धन गर्ने सम्भावना देखिएको सोशल डेमोक्र्याटले सबैभन्दा खराब नतिजा बेहोरेको छ। उक्त दलले १६.४ प्रतिशत मात्रै मत पाएको छ । 

सरकारबाट बाहिरिन लागेका चान्सलर ओलाफ स्कोल्जले निर्वाचन परिणामले पार्टीको नराम्रो हार देखाएको बताउँदै गठबन्धन सरकार बनाउने वार्तामा आफू सहभागी नहुने बताए ।  

यसअघि सीडीयूको कमजोर प्रदर्शनका कारण दुई वटा दलको मात्रै गठबन्धन सरकार बन्नेमा आशङ्का गरिएको थियो।

जर्मनीमा चार वर्षसम्म तीन वटा पार्टीको गठबन्धनले सरकार चलाएको थियो। मर्जको दलका लागि अर्को भरपर्दो साझेदार ग्रीन्स हो तर उक्त दलका प्रमुखलाई मर्जले मतदानअघि नै ‘हिट पम्प’का प्रतिनिधि भनेर खिल्ली उडाएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप