समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण जारी छ । लगातार दुई हारपछि आयोजक पाकिस्तान समूहगत चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ । पाकिस्तानको अघि बढ्ने सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ ।
समूह ‘ए’ मा रहेको पाकिस्तानी टोलीले घरेलु मैदानमा अत्यन्तै निराशाजनक प्रदर्शन गरेको छ । पाकिस्तानी टोली आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँग ६ विकेटले हारेको थियो ।
दुई खेलबाट चार अङ्क बटुलेको भारत चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । एक खेलबाट दुई अङ्क बटुलेको न्युजिल्यान्ड दोस्रो स्थानमा आसीन छ । एक खेल खेलेको बङ्गलादेश अङ्कविहीन रूपमा तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित भएको पाकिस्तान चौथो स्थानमा छ ।
यो समूहबाट माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । यही समूहको खेलमा सोमबार न्युजिल्यान्डले बंगलादेशको सामना गर्दैछ । २७ फेब्रुअरीमा पाकिस्तान र बङ्गलादेशबिच खेल हुनेछ भने मार्च २ तारिखमा न्युजिल्यान्ड र भारत आपसमा भिड्ने छन् ।
यस्तो स्थितिमा अब पाकिस्तानी कसरी पुग्ला सक्ला त सेमिफाइनलमा ? खासमा पाकिस्तानको सेमिफाइनल प्रवेश गर्ने सम्भावना अझै पनि पूर्णरुपमा समाप्त भइसकेको छैन । पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना जिवित रहन सोमबारको खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हराउनु पर्नेछ ।
त्यसपछि, फेब्रुअरी २७ तारिखमा रावलपिण्डीमा खेलिने खेलमा पाकिस्तानले बङ्गलादेशलाई निकै फराकिलो अन्तरले हराउनु पर्नेछ । यतिले मात्र पनि पाकिस्तानको सेमिफाइनल यात्रा पक्का हुने छैन । त्यसपछि मार्च २ तारिखमा दुबईमा खेलिने खेलमा भारतले न्युजिल्यान्डलाई हराउनु पर्नेछ ।
यस्तो स्थितिमा भारत ६ अङ्कसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । बाँकी रहेका तीन टोली पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशको दुई–दुई अङ्क हुनेछ । त्यसपछि सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो नेट रन रेटका आधारमा लाग्नेछ ।
सोमबारको खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हराएमा आफ्नो तेस्रो खेलमा बङ्गलादेशलाई ठुलो अन्तरले हराउँदै नेट रन रेटमा सुधार ल्याउने सम्भावना पाकिस्तानसँग पनि कायमै रहनेछ । त्यसैले, समीकरण सोचेजस्तै भएमा पाकिस्तानी टोली सेमिफाइनलमा पुग्ने सम्भावना अझै पनि कायम छ ।
तर, सोमबारको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएमा आफ्नो अन्तिम खेल खेल्नुअघि नै पाकिस्तानसँगै बङ्गलादेशी टोली पनि उपाधि होडबाट बाहिरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा