सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

सोमबार, १२ फागुन २०८१, १३ : ३२
सोमबार, १२ फागुन २०८१

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दीपक कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप