अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ
_uXJjAUbd5N.jpg)
काठमाडौँ । अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौँ महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।
काठमाडौँ महानगरपालिका-२४ स्थित घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेका सुन जस्तो देखिने धातुका टुक्राहरू २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका टुक्राहरू ५ किलो ६ सय ग्राम र नगद १० लाख ७५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित