सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने

सोमबार, १२ फागुन २०८१, १३ : १२
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रालिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवा पुस्तामाझ लोकप्रिय ४ ब्यान्डहरूले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।

कार्यक्रममा प्रस्तुति दिन ४ ब्यान्डमध्ये एक ब्यान्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एन्ड द लोकल्स’ ब्यान्डले आफ्नो प्रस्तुति दिने पक्का भएको छ । ब्यान्डका गायक जोन चाम्लिङ राईको ‘हावा जस्तै, के गरौँ, निहिती’ लगायतका गीतहरू चर्चित छन् । यस्तै अन्य ३ ब्यान्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । साथै, टेबल बुक गर्न चाहनेले ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ । खल्ती एपबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

यस्तै कार्यक्रममा सुविधा सम्पन्न खानेकुराका लागि २० स्टल समेत राखिनेछ । आयोजकले यो कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउन्ड सिस्टमबाट सङ्गीतको मज्जा लिन सक्ने बताएको छ ।

यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप