बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?

सोमबार, १२ फागुन २०८१, १२ : ४८
सोमबार, १२ फागुन २०८१

बर्लिन । जर्मनीमा भएको आम चुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले ठूलो जित हासिल गरेका छन् । उनको पार्टी गठबन्धन सीडीयू/सीएसयूले निर्वाचनमा सबैभन्दा धेरै २८ दशमलव ५५ मत प्राप्त गरेको छ । यो गठबन्धनले वर्तमान चान्सलर ओलाफ स्कोल्जको सोशल डेमोक्रेटिक पार्टी (एसपीडी)लाई हराएको छ । स्कोल्जले पनि आफ्नो हार स्वीकार गरिसकेका छन् । मर्ज जर्मनीका भावी चान्सलर हुन् ।

१९५५ को नोभेम्बर ११ मा मा जर्मनीको ब्रिलोन शहरमा जन्मिएका मर्ज परिवारिक पृष्ठभूमि कानून हो । कानूनको पढाई गरेका मर्जले १९८१ मा चार्लाेट मर्जसँग विवाह गरेका छन् । चार्लोट पेशाले न्यायाधीश हुन् । फ्रेडरिक र चार्लोटका तीन सन्तान छन् । 

यस्तो छ मर्जको राजनीतिक यात्रा 

१९८९- युरोपेली संसदमा निर्वाचित ।
१९९४- जर्मन संसद, बुन्डेस्ट्यागको चुनावमा जित । 
२०००- सीडीयू पार्टीको संसदीय नेता बने, तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्यो ।
२००५- सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए ।
२००९- सक्रिय राजनीति छोडेर कानून र वित्तमा करियर बनाए ।
२०१८- मा मर्ज पुनः राजनीतिमा फर्किए । एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि उनी राजनीतिमा फर्किए । तर सीडीयूको अध्यक्षको चुनाव हारे । 
२०२०- फेरि पार्टी अध्यक्षमा लडे । तर यस पटक पार्टीले आर्मिन लास्चेटलाई रोज्यो । 
२०२१- तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो । 
२०२२- फ्रेडरिक मर्ज सीडीयूको को राष्ट्रिय अध्यक्ष बने ।

फ्रेडरिक मर्जले अवैध आप्रवासीहरूमाथि कठोर अडान राख्छन् । उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन् । तर अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नु हुनेछ । उनको फिर्तीसँगै, दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मनीमा  अतिवादी दक्षिणपन्थी पार्टी सत्तामा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप