आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा बाटो काट्नका लागि कतिपय ठाउँमा पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।
अझ केही समय यता उपत्यकाका केही ठाउँहरूमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ । सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो ।
तर जनचेतनाको अभाव र हेलचेक्र्याइँका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङ भन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् । यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ ।
पैदल यात्रुहरूको हेलचेक्र्याइँ यतिसम्म हुन्छ की नजिकै पुल छ भनेपनि पुलबाट नभई तलैबाट बाटो काट्ने गर्दछन् । यसले सडक दुर्घटना बढाइरहेको छ । ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा यी दुर्घटनाहरु बढ्दै गइरहेका छन् ।
साथै कतिपयलाई जनचेतनाको अभाव पनि छ । उनीहरुलाई चेतना बिस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ ।
फोटो : न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन