सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

कलाकार सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’

सोमबार, १२ फागुन २०८१, ११ : २८
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कारको छनौट समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

छनौट समितिको संयोजकमा विशिष्ट हास्य व्यङ्ग्य कलाकार बसुन्धारा भुसालसहित अन्य चार जना रहेका छन् । यो पुरस्कार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा साम्दे शेर्पा स्मृति कोष मार्फत प्रदान गरिन्छ l बरिष्ठ कलाकार सिम्खडालाई कला क्षेत्रमा हास्यव्यङ्ग्य मार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरूको प्रवर्द्धन, सृजनशीलता र प्रभावकारिताका लागि दिइएको हो ।

पुरस्कार यही फागुन गते बिहीबार एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट प्रदान गरिनेछ । बरिष्ठ कलाकार सिम्खडाले लामो समयदेखि स्टेज तथा डिजिटल सञ्चार माध्यममा हास्य व्यङ्ग्य प्रस्तुति दिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप