फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड

काठमाडौंँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ ले ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । आइतबार साँझ सम्पन्न महनोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उनलाई उक्त अवार्ड प्रदान गरे ।
अर्गानिक कथामा निर्माण भएको फिल्मले अवार्ड प्राप्त गर्दा खुसी लागेको लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताए । कार्यक्रममा फिल्मकी अभिनेत्री आश्विनी साहले जुरी अवार्ड समेत प्राप्त गरिन् । आगामी चैत ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘द्रौपदी’ डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीका विभिन्न भेगमा छायाङ्कन गरिएको हो । ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको हो ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ( सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्मको कथा, पटकथा, सम्बाद र गीत समेत निर्देशन आचार्यको छ ।
अनिल महर्जनको सम्पादन, सौरभ शर्मा संगीत, मोहन कुमार झिल्लुका छायाङ्कन रहेको फिल्म आर बि मुभिजको ब्यानरमा बनेको हो । फिल्मका निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म