सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा

सोमबार, १२ फागुन २०८१, ११ : ०३
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । नेपाल बैँकले साधारण सभा बोलाएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारण सभा बस्नेछ । 

यो वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क बनेको छ । २० वाणिज्य बैङ्कमध्ये अरू सबै बैङ्कले चालु आर्थिक वर्षमा साधारण सभा आह्वान गरिसकेका छन् ।

बैङ्कले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ । यस बैङ्कले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप