सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
अर्थ

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?

सोमबार, १२ फागुन २०८१, १० : ४५
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो । 

जसअनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो । 

यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप