हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित जागरण अभियानको उद्घाटनका लागि झापा पुगेका उनले सोमबार पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गर्दै प्रतिक्रान्तिको खतराबाट जोगाउन अपील गरे ।
झापा विद्रोहका एक प्रमुख नेता तथा वर्तमान प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै प्रचण्डले प्रतिक्रान्ति हुने खतरा औँल्याएका हुन् ।
‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो । क्रान्तिको प्रतीकको रूपमा चिनिन्थ्यो । त्यतिबेला क्रान्तिकारी धारकै नेतृत्व तपाईंहरुले गर्नुभएको थियो । तर अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ । आज प्रतिक्रान्तिको खतराबाट जोगाउ म सबैलाई अपिल गर्छु । अब हामीले फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।
अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान गरेका छन् ।
यसैगरी प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराएका छन् । पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि उनले अपिल समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ