वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरु गर्दैछ । अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारी आइतबारै झापा पुगेका छन् ।
राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसे, त्यहीं खाना आए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए ।
प्रचण्डसहित माओवादी नेताहरुले सोमबार बिहान मर्निङवाक गरे । गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरूलाई लिएर मर्निङवाकमा निस्कन्छन् । सोमबार प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे ।
मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाबायाँ राखेका थिए । सोही क्रममा फोटो पनि खिचाए । सँगै शक्ति बस्नेत पनि छन् । तस्बिरमा अग्नि सापकोटासहितका नेताहरू पनि पछाडि देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?