आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

काठमाडौँ । आफूसहित परिवार असुरक्षित भएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उनले आइतबार यसबारे उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्की दिनुका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की दिएको सजनले जनाएका छन् । सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गर्दै उनले दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन् ।
फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको उनको आरोप छ ।
गतसाता सजनसहित कमेडियनहरू उत्सव सापकोटा र सुजन जिम्बा र पडकास्ट चलाउने सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो ।
यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् । तर पनि उनलाई धम्की आइरहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड