लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात

बागलुङ । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् ।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए ।
हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए । गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउँछन् ।
उनले भने, ‘लामो समय खडेरी पर्यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी पर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
-
को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड