बुण्डेस लिगामा बायर्नको शानदार जित
सोमबार, १२ फागुन २०८१, ०२ : १२

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा बायर्नले तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्टविरुद्ध ४-० को जित हासिल गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जिताउन माइकल ओलिसे, हिरोकी इतो, जमाल मुसियाला र सर्ज गन्ब्रीले एक-एक गोल गरे । जितसँगै बायर्नको २३ खेलबाट ५८ अंक भएको छ भने फ्र्यान्कफर्टको ४२ अंक छ । समान खेलबाट बायर लिभरकुजेन ५० अंकसहित दोस्रो स्थानमा छ ।
अर्को खेलमा आरबी लेपजिगले हिडेनहाइमसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । अंक तालिकामा लेपजिग ३८ अंकसहित छैठौं स्थानमा रहँदा हिडेनहाइम झण्डै रेलिगेशन जोनमा छ । यस्तै, होफेनहाइम र भीएफबी स्टुटगार्टले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने