टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
_lVtvZPnJsu.jpg)
काठमाडौं । टाटाको एययूभी कर्भ ईभी सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कुपे एसयुभी मोडलको कार सार्वजनिक गर्दै मूल्य समेत घोषणा गरेको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी काठमाडौंमा सार्वजनिक गरेको हो । सिप्रदीले कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभी ल्याएको छ। नेपालमा कर्भको टप भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरेको छ । कर्भ ईभीमा आकर्षक सेतो र खैरो दुई रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर उपलब्ध छ ।
नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो । कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रूपैयाँ रहेको छ। नेपालमा यो गाडी ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको छ।
सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ। त्यसबाहेक टाटाले टियागो २०२५ मोडल सार्वजनिक गरेको छ। टाटा टियागो इन्ट्री लेभलको मोडल हो। २७.४९ लाख रहेको छ। नेपालमा २ हजार बिक्री गरिसकेको छ।
त्यस्तै, टाटा नेक्सनको नयाँ भर्जन के थ्री सार्वजनिक गरेको छ। ४५ किलोवाट आवर ब्याट्री क्षमतामा ल्याएको छ। जसमा ३२५ किलोमिटर ग्यारेन्टी दिएको छ अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ ।
ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ ।
५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म