लुटपाटको स्क्रिप्ट : ‘नक्कली’ सुन, ‘नक्कली’ कारोवार
काठमाडौं– सिन्धुलीका ओमनाथ देवकोटा ट्याक्सी लिएर पोखरा जाँदै थिए । जेठ १० गते विहान काठमाडौंको गोंगबुबाट उनी चढेको ट्याक्सी दहचोक पुगेको मात्र के थियो, एउटा स्कोरपियो र दुई ओटा मोटरसाईकलले उनी चढेको ट्याक्सीलाई घेरा हालिहाले ।
स्कोरपियो बाट एउटा युवा निस्कीएर कठालो समाउँदै भने, ‘म पुलिस हुँ, तसँग भएको सुन तुरन्त निकाल ।’ ओमनाथसँग एक किलो सुन (पछि नक्कली भनी खुल्न आएको) थियो, उनले प्रहरी नै ठानेर सुन दिए, तर त्यो नक्कली सुन ‘नक्कली प्रहरी’ कै हातमा परेको कुरा खुल्न आएको छ ।
आफ्नै समूहले बेचेको सुन लुटपाटमा संलग्न निमा लामा, अर्जुन तामाङ, राजिव ब्लोन, वान्सन श्रेष्ठ, नेमजुङ्ग तामाङ र कोत बहादुर तामाङ लाई प्रहरीले पक्राउ गरेको छ ।
गोंगवुमा ब्यापार गर्दै आएका कुमार केसीले किनेको सुन बोकेर पोखरा जाँदै गरेका ओमनाथ देवकोटा पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
धादिङ्गको रि गाविस–९ स्थायी घर भएका नेमजुङ्ग तामाङसँग भएको सुन कुमार केसीले किनेका थिए । पोखरामा रहेका केसीले आईएमईमार्फत ९ लाख ५० हजार पैसा काठमाडौंमा पठाएपछी उक्त सुन नेमजुङ्गले ओमनाथलाई दिएका थिए ।
ओमनाथ देवकोटा सोही सुन बोकेर कुमारलाई दिन पोखरातार्फ जाँदै गर्दा लुटिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रमुख (डिएसपी) योगेन्द्र सिंह थापाले बताएका छन् ।
धादिङ्ग रुविभ्याली गाउँपालिका स्थायी घर भएका कोत बहादुर तामाङ्ग र नेमजुङ्ग तामाङ्गको राम्रौ हिमचिम थियो । नेमजुङ्गसँग भएको १ किलो सुन विक्री गर्नका लागी ‘मैले ग्राहक खोजेको छु’ भन्दै कोतबहादुरले कुमार केसीलाई सम्पर्कमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुमारले पैसा पठाएको र सुन लिएर ओमनाथ पोखरातर्फ लागेपछि कोतबहादुरले नै आफ्नै सम्पर्कमा रहेका ‘लुटेरा साथी’ हरुलाई खबर गरेर ‘बाँडीचुँडी खाउँला’ भन्दै दहचोकमा सुन लुटेको बताईएको छ ।
लुटेरा समूहले ‘नक्कली सुन’ लुटेपछी बा.२ ज १९२३ नम्बरको ट्याक्सी चालक (जुन ट्याक्सीमा ओमनाथ चढेका थिए) ले महानगरीय प्रहरी प्रभाग गोंगवुमा खबर गरेपछी महानगरीय प्रहरी वृत महाराजगञ्जले घट्नाबारे अनुसन्धान थालेको थियो ।
‘६ दिनको अनुसन्धानपछी लुटेरा समूहलाई पक्राउ गर्न सफल भएका छौं’ महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापा भन्छन्, ‘लुटिएको एक किलो सुन पनि बरामद गरेका छौं ।’
लुटिएको एक किलो सुन निमा लामाले चपली हाइटस्थित आफ्नै रेष्टुरेण्ट पछाडी झाडीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
कुमार केसीले दिएका ९ लाख ५० हजार नगद मध्ये कोतबहादुर तामाङले २ लाख लिएको र बाँकी रकम अरुले बाँडीचुँडी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी