पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
सोमबार, १२ फागुन २०८१, ०० : ४३

वीरगन्ज । पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरीले (सट्टेवाजी) अनलाइन जुवा खेलाउने भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने रविशंकर ठाकुरलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता सुबास भट्टका अनुसार महानगरको मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको सूचना प्रहरीलाई आएको थियो र सोही सूचनाका आधारमा छापा हान्दा ठाकुर पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएका ठाकुरको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप गरिएको पर्सा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज