१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
आइतबार, ११ फागुन २०८१, २३ : ००

काठमाडौँ । नेपाल प्रहरीका १२ जना इन्स्पेक्टरहरुको काज सरुवा भएको छ । ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकमा इन्स्पेक्टर गम्भीरजंग थापालाई पठाइएको छ । उनी इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत थिए ।
यसअघि पुल्चोकमा कार्यरत रामचन्द्र तिवारी डीएसपीमा बढुवा भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा नितेशकुमार सिंह, चितवनस्थित इलाका प्रहरी कार्यालय माडीमा योगेन्द्रकुमार राई र ट्राफिक प्रहरी वृत्त कालीमाटीमा मिलन पाण्डेयलाई पठाइएको छ ।
धादिङको खानी खोला इलाका प्रहरी कार्यालयमा नन्दराज जैस र ट्राफिक प्रहरी कार्यालय कैलालीमा चक्रबहादुर देउवालाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म