सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी छन । शनिवार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए । घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ । सिन्धुपाल्चोक घर भएकी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी