प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रवास एसियामा रहेका देशहरुमा कार्यरत नेपालीलाई संगठित गर्न अभियान चलाउने भएको छ । केन्द्रमा जनतासँग माओवादी अभियान चलाउन लागेको पार्टीले प्रवासमा समेत अभियान सञ्चालन गर्न लागेको हो।
नेकपा माओवादी केन्द्रको प्रवास एसिया संगठन समितिको आइतबार सम्पन्न भर्चुअल बैठकले ‘प्रवासी मजदुरसँग जनप्रगतिशील मञ्च’ अभियान सञ्चालन गर्न लागेको समितिका अध्यक्ष शनि कुमार वलीले जानकारी दिए ।
‘समाजवादी गणतन्त्र निर्माणमा प्रवासी मजदुरको ऐक्यबद्धता, सामाजिक सुरक्षा सहित मजदुरहरूको हकहितका निम्ति जनप्रगतिशिल मञ्चको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबारदेखि ६ महिनासम्म अभियान सञ्चालन हुने उनको भनाइ छ ।
प्रवास एसिया संगठन समितिका इन्चार्ज ओम शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा विशेष अतिथि सहइन्चार्ज डीबी क्षत्री रहेका थिए । बैठकले केन्द्रमा जस्तै प्रवासमा ६ महिने अभियान गर्ने र उक्त अभियान तीन चरणमा हुने वलीको भनाइ छ ।
जसअनुसार समिति मातहतका सबै देशहरूका कमिटीले भोलिबाटै अभियान सुरु गर्नेछन् । जसअनुसार पूर्वी एसियामा वली र पश्चिम एसियामा डीबी क्षेत्रीले अभियानको संयोजन गर्ने गरी नेतृत्व गर्नेछन् ।
अभियानअनुसार पहिलो २ महिना सदस्यता वितरण, दोस्रो २ महिना संगठन निर्माण र तेस्रो चरणमा प्रशिक्षण तथा संगठन निर्माण अभियान चलाउने सहइन्चार्ज क्षत्रीले बताए । अभियानअनुसार १० हजार सदस्य थप्ने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ ।
बैठकमा वलीले अभियानको खाका प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि शर्माले प्रवासबाट पार्टीको पक्षमा माहौल सिर्जना गर्न सबै उत्साहका साथ लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
-
कालीगण्डकी करिडोर : गैँडाकोट–मालढुंगा सडकलाई बजेट अभाव
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत