सचिवद्वय पोखरेल र सिंहको बिदाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको बिदाई गरिएको छ । दुवैजना विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर आजदेखि अवकाश पाउन लागेका हुन् ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा पोखरेल र डा सिंहलाई माला, मायाको चिनो र ढाकाटोपी लगाएर बिदाई गरे । बिदाई कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरुको अनुभव र दक्षताको सदैव खाँचो हुने बताए ।
उनले भने, ‘अनुभव, दक्षता र क्षमताका आधारमा दुवैजनाले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनुभएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ तर अनुभव र दक्षता आवश्यक परिरहन्छ ।’
सचिवद्वय पोखरेल र सिंह दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवा भएका थिए । डा.पोखरेल २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक