सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

आइतबार, ११ फागुन २०८१, २२ : १९
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । काठमाडौँको नागार्जुनमा कुकुरलाई यातना दिएर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिता पौडेल छन् ।

घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटेर जालिभित्र तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो घटना फागुन ९ को भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप