अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान

नयाँ दिल्ली । अमेरिकाबाट पनामा पठाइएका १२ भारतीय नागरिक बोकेको विमान आइतबार साँझ नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । यो पनामाबाट फिर्ता ल्याइएको भारतीयहरूको पहिलो समूह हो ।
यसअघि अमेरिकाले अवैध रूपमा अमेरिका प्रवेश गर्न खोजिरहेका करिब ३३२ जना अवैध आप्रवासीलाई तीन किस्तामा गरेर भारत ल्याएर छोडेको थियो ।
जानकारी अनुसार, हालै पनामाबाट भारतीय नागरिकहरूको एक समूह टर्किस एयरलाइन्सको उडानमा इस्तानबुल हुँदै नयाँ दिल्ली पुगेको हो । निर्वासित व्यक्तिहरूमध्ये चार जना पञ्जाबका, तीन जना हरियाणा र उत्तर प्रदेशका छन् । हाल एक जनाको पहिचान हुन सकेको छैन । पञ्जाबका विभिन्न जिल्लाका चार जना बासिन्दालाई विमानबाट अमृतसर पठाइएको छ । पनामा र कोस्टारिकाले निर्वासित आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्न मद्दत गर्न अमेरिकासँग काम गरिरहेका छन् ।
तीनवटा विमानमा २९९ जनालाई अमेरिकाले पठाएको थियो पनामामा
हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनामा पुगेका थिए । यस भ्रमणका क्रममा उनले पनामाका राष्ट्रपतिलाई भेटेका थिए । यस भेटमा दुवै जनाले पानामाले डिपोर्ट भएकाहरूका लागि सेतुको रूपमा काम गर्ने र निर्वासितहरूलाई उनीहरूको देशमा पठाउने सम्पूर्ण लागत अमेरिकाले वहन गर्ने सहमति भएको थियो ।
यसपछि, गत हप्ता तीनवटा विमानमा लगभग २९९ जनालाई पानामा पठाइएको थियो । यसरी पठाइनेमा अधिकांश भारत, नेपाल लगायत दक्षिण एशियाली देशका बढी भएको भन्दै साउथ मर्निङ चाइना पोष्टले एउटा समाचारमा भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने