मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो

आइतबार, ११ फागुन २०८१, २१ : २९
आइतबार, ११ फागुन २०८१

तेल अभिभ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविरबाट मानिसहरूलाई खाली गराएको छ । साथै यसले त्यहाँ पहिले नै रहेको आफ्नो सैन्य उपस्थितिलाई अझ बढाएको छ ।

 ‘जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू अब खाली छन् र एक वर्षको लागि सैन्य कब्जामा रहनेछ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले भने । आतंकका गुँडहरू हटाइएको काट्जको भनाइ छ ।

गत महिना गाजामा युद्धविराम सम्झौता भएदेखि पश्चिम किनारमा ५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । प्यालेस्टिनीहरूलाई इजरायलले उक्त क्षेत्र कब्जा गरी राख्ने योजना बनाएकोमा डर भएको बीबीसी संवाददाताले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप