सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने

आइतबार, ११ फागुन २०८१, २१ : २४
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमावली तयार गर्न नियमावलीको मस्यौदा तयार गर्ने भएको हो । 

विभागमा आज खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको तेस्रो पूर्ण बैठकमा सो विषयमा छलफल भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ऐनको दफा ५ बमोजिम “खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति” को व्यवस्था छ । बैठकमा समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विभागको कर्मचारीको सहभागिता थियो । 

बैठकले प्राप्त राय तथा सुझावहरू समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम रोल्ड ओट्सको स्वच्छता एवं गुणस्तर मापदण्डलाई बैठकमा छलफल भएअनुसार परिमार्जन गरी स्वीकृत गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको थियो । यस्तै, स्थानीय परम्परागत खाद्य पदार्थ मस्यौदाको स्वच्छता तथा गुणस्तर मापदण्ड समेत स्वीकृत गरी सिफारिस गर्ने निर्णय भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप