नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न

बहराइन । नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस फेब्रुअरी २१ मा सम्पन्न भएको छ।
नेपाली रेस्टुरेन्ट मनमाको सभाहलमा एक भव्य समारोहका साथ दिवस सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एसिया प्रदेश कमिटीका संयोजक शनि कुमार ओलीसहित विभिन्न वैचारिक संगठन,सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता र बहराइनमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एसिया प्रदेश कमिटी संयोजक ओली, मञ्चका पदाधिकारीहरू, विशिष्ट अतिथि, विशेष अतिथि र अतिथिहरूको सहभागितामा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो।
१५औँ स्थापना दिवस कार्यक्रमको सभाअध्यक्षको अध्यक्षता नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रामु काफ्लेले गरेका थिए भने कार्यक्रम सञ्चालन मञ्चका उपाध्यक्ष मिनराज नाथले गरेका थिए।
त्यसैगरी यस कार्यक्रमको प्रमुख अतिथिका भूमिकामा एसिया प्रदेश संयोजक ओली थिए भने कार्यक्रमको विशिष्ट अतिथि मञ्चका संस्थापक एसिया प्रदेश सचिवालय सदस्य कमरेड नारायण रपाल रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष कमरेड गोपाल सेजवालले मञ्चबारे छोटो व्याख्या गर्दै यसको उद्देश्य, इतिहास र उपलब्धिहरूको चर्चा गर्नुका साथै, हलमा उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक र सदस्यहरूलाई न्यानो स्वागत गरेका थिए।
मन्तव्य कार्यक्रममा विभिन्न अतिथिहरूले मञ्चको १५ वर्षीय योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा कलाकार वामदेव भाटले जनगायक जीवन शर्माको प्रसिद्ध गीत “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको” प्रस्तुत गरेका थिए। त्यस्तै, कलाकार रेजिना छिनालले “नेपालको छोरी हुँ म” बोलको गीतमा नृत्य प्रस्तुति दिइन् ।
मञ्चका पदाधिकारीहरूले आफ्नो मन्तव्यका क्रममा संस्थाका पूर्वअध्यक्षहरूको योगदानलाई सम्झिँदै कदर गर्नुको साथै विशिष्ट अतिथि मञ्चका संस्थापक एसिया प्रदेश सचिवालय सदस्य कमरेड नारायण रपालले मञ्चको विगतका उपलब्धिहरूको चर्चा गर्दै संस्थालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमको अन्त्यमा अध्यक्ष रामु काफ्लेले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्साह र सहभागिताको अपेक्षा व्यक्त गरे।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि ओलीले कार्यक्रममा उठेका विषयवस्तुको जवाफ दिँदै अब नेपाली राजनीतिको मियो माओवादीबाहेक अरू पार्टीको गर्न नसक्ने र सम्भावना पनि नरहेको बताए। र प्रवासका संगठनहरूबाट पनि राजनीतिक चेतनाको विकास गर्दै अगाडि बढ्नुपर्ने जस्ता महत्वपूर्ण भनाइ राखेका थिए।
अध्यक्ष काफ्लेले कार्यक्रमको अन्त्यमा नेपाली जनप्रतिशील मञ्च बहराइनले सधैँ बहराइनमा रहेका नेपाली समुदायका हकहितका लागि थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात
-
छयानब्बे वर्षमा नागरिकता, अहिले पनि बारीमा काम गर्ने जाँगर
-
आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास