आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट
कोहलीको नाममा अर्को कीर्तिमान
आइतबार, ११ फागुन २०८१, २० : ३३

दुबई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो १४ हजार रन पूरा गरेका छन्। उनले सबैभन्दा छिटो यो कोशेढुंगा पार गर्ने कीर्तिमान पनि बनाएका छन् ।
आइतबार पाकिस्तानसँग खेलिएको आईसीसी च्याम्पियन्स ट्रफी अन्तरगतको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यो उनको २९९ औं खेल हो भने उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरे।
यसअघि भारतका महान् ब्याटर सचिन तेन्दुल्करले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए । त्यस्तै श्रीलंकका कुमार संगाकाराले ३७८ इनिङ्समा यो कोशेढुंगा पार गरेका थिए ।
कोहलीले ५७.८६ को औसतमा रन बनाएका छन् भने उनको स्ट्राइक रेट ९३.४४ रहेको छ। उनले एकदिवसीयमा हालसम्म ५० शतक र ७३ अर्धशतक बनाएका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत दुर्गा प्रसाईंले भने– मैले लुक्ने ठाउँ भेटेको छु, तिमीहरूले त्यो पनि पाउँदैनौ
-
‘कमेडी नाइट विथ च्याम्पियन्स’ मंगलबारबाट प्रशारणमा आउने
-
माओवादीको स्थगित तराई–मधेश जागरण अभियान चैत २२ गतेबाट
-
ओलीले थाइल्यान्डमा पनि मोदीलाई भेट्ने सम्भावना कम
-
हवाई इन्धनको मूल्य घट्यो
-
उत्तरी गोरखाको चुमनुब्रीमा सात सय धारा जडान