शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

श्याम र मिराको ‘फूलको रङ्ग’मा प्रभात र उषाको अभिनय

आइतबार, ११ फागुन २०८१

काठमाडौँ । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको कर्णप्रिय ">गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमी गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् ।

लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द गीतकार दयाराम पाण्डेले कोरेका हुन् । गीतमा एरेन्ज महाराज थापाको रहेको छ ।

एउटा प्रेमीले प्रेमीको सौन्दर्यको वर्णन गरेको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् । प्रभात र उषालाई रोमान्टिक जोडीको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रवीण भट्टले निर्देशन गरेका हुन् ।

गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन् । उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन् । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन् ।

धेरै पहिलेदेखि आफ्नो स्वरमा गीत ल्याउने चाहना हुँदाहुँदै पनि कामको ब्यस्तातले गर्दा अहिले भर्खर त्यो संयोग जुरेको गायक राउतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया