प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक

काठमाडौँ । शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साउँदको शब्द र सुशान्त गौतम संगीत तथा स्वर छ । गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।
सेन्सर झमेलाका कारण फिल्मको कन्टेन्ट सबै हलमा शो निकाल्न समस्या भएकाले पहिलो दिन न्युन शोमा रिलिज भएको फिल्म दोस्रो दिन शनिबार धेरै हलले सन्तोषजनक शो दिएका थिए । उक्त शोजहरुमा दर्शकको उपस्थिति राम्रै देखिएको छ ।
जुनिम गहतराजले फिल्म निर्देशन गरेका हुन् । निर्देशक गहतराजले फिल्मले अहिलेसम्म सन्तोष जनक व्यवसाय गरेको बताए ।
फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा फिल्मले प्रस्तुत गरेको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी