पशुपति वरपर मासु र मदिरा निषेध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जानकारी गराएका हुन् ।
सूचनामा भनिएको छ,‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवं दिव्य रूपमा सम्पन्न गर्न भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१/११/१२ गतेदेखि मिति २०८१/११/१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क (उमाकुण्ड) गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भाग चार किल्ला तोकेको छ ।
यदि सूचना विपरीत कुनै काम गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण