त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालयको उपनिर्देशकमा डाक्टर पुष्करसिंह रैखोला र विकास कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
त्रिवि कार्यकारी परिषद्को बैठकले दार्चुला स्थायी घर भएका सहप्राध्यापक रैखोला र गोरखा स्थायी घर भएका सहप्राध्यापक श्रेष्ठलाई उपनिर्देशक पदमा नियुक्त गरेको हो ।
रैखोलाले त्रिविबाट जापान सरकारको प्रतिष्ठित JASSO छात्रवृत्तिमा समाज कल्याण विषयमा विद्यावारिधि गरेका हुन् । अनुगमन निर्देशनालयको सदस्य पदमा रहेर कामकाज गर्दै आएका थिए ।
महेन्द्र रत्न क्याम्पस ताहाचलमा लामो समय अध्यापन गराएका रैखोले हाल शिक्षाशास्त्र संकाय केन्द्रीय विभागमा दरबन्दीमा रही अनुगमन निर्देशनालयमा काजमा खटिएका थिए । त्यस्तै सहप्राध्यापक श्रेष्ठ पूर्वक्याम्पस प्रमुख हुँदै हाल अनुगमन निर्देशनालयको सदस्य हुन् ।
त्रिवि अनुगमन निर्देशनालयको रिक्त उपनिर्देशकहरूमा नियुक्तिका लागि छनोट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो ।
आवेदन दिएकामध्ये पाँच जनाको अल्पसूची निकालिएको थियो । जसको पहिलो नम्बरमा रहेका रैखोला र दोस्रो नम्बर सूचीमा रहेका श्रेष्ठलाई परिषद्ले नियुक्त गरेका हो ।
फागुन ८ गते अल्पसूचीमा परेका पाँचै जनाको कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक