बहुआयामिक महत्वको मधानी महोत्सव सुरु

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आजदेखि मधानी महोत्सव सुरु भएको छ । मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने सङ्कल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रूपमा मधानी महोत्सवको विधिवत् उद्धघाटन गरेका छन् । प्रत्येक वर्ष भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रूपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण हुने साहले बताए ।
‘भगवान् शिव र पार्वतीको विवाह उत्सवको रूपमा मनाइने मधानी महायज्ञमा नेपाल र भारतका लाखौँ दर्शनार्थीहरुको भिड हुने गर्छ । साधु सन्त, कलाकार सहित प्राचिन दङ्गल कार्यक्रममा लाखौँको सहभागिता हुने गरेको छ’, साहले भने, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ । दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्म संस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउँछ ।’
नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोत्सवमा सबैको चासो रहेको बताउँदै उनले यसलाई व्यवस्थित रूपमा अगाडी बढाउनुपर्ने बताए । नेपाल र भारतका भक्तजनहरूको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रूपमा अगाडी बढिरहेको उनले बताए ।
साक्षरता अभियानले मौलापुरको गौरव बढाएको बताउँदै उनले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए ।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा सुरु भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा/साक्षरत केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।
मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने सङ्कल्प सहित मधानी महायज्ञ भईरहेको बताउँदै मेयर साहले यसलाई ढिलाइ नगरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसँग गरिन् ।
मधानी महायज्ञ प्राचीन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । महोत्सव अन्तर्गत १२ फागुनमा शिव वरात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दङ्गल कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ