६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
डुबेका २४ जनाको जीवित उद्धार
आइतबार, ११ फागुन २०८१, १७ : २४

काठमाडौँ । पछिल्लो ६ महिनामा सेनाले ५४८ ठाउँमा विपद् व्यवस्थापनको काम गरेको छ । २०८१ साउनपछि प्राकृतिक र अन्य विपद्का घटनामा उद्दार लगायतका काममा १४ हजार सैनिक परिचालन गरिएको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए ।
आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा खत्रीले भने– ‘पछिल्लो ६ महिनामा विपद् व्यवस्थापनमा १४ हजार २११ जना सैनिक परिचालन गरेका छौँ ।’
प्राकृतिक विपद् भन्दा बाहेकका विपद्मा पनि सेनाले खोज तथा उद्धारको काम गर्दै आएको छ । ६ महिनामा नदी र तालमा डुबेका २४ जनालाई सेनाले जीवित उद्धार गरेको छ । त्यस्तै, सडक दुर्घटनामा परेका ४६४ जनालाई उद्धार गरिएको सहायक रथी खत्रीले जानकारी दिए । सो अवधिमा सेनाले दुर्घटनास्थलबाट ५० जनाको शव निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?