कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती

काठमाडौँ । माओवादी केन्द्रका नेता सुदन किरानीले कम्युनिस्ट नेताहरूको छोराछोरी पढ्ने विद्यालय सार्वजनिक गरिनुपर्ने बताएका छन् । कम्युनिस्टका छोराछोरी महँगा स्कुलमा पढ्ने गरेकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
‘अबको विद्यार्थी संगठनहरुले कम्युनिस्ट पार्टीको नेताहरूको छोरा छोरी कहाँ कहाँ पढ्छन् र के के गर्छन् सार्वजनिक गर्नुपर्छ र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा उठाउनु पर्छ’, खोटाङको दिक्तेलस्थित महेन्द्रोदय माध्यमिक विद्यालयको ६२ औँ जन्म जयन्ती कार्यक्रम आइतबार उनले भने ।
उनले यसो गर्न नसकिए विद्यार्थी संगठनको औचित्य नै समाप्त हुने बताए । ‘निजी शिक्षाको अन्त्य र सार्वजनिक शिक्षा निःशुल्क र गुणस्तरीय भन्ने मूल्यमा जनताको छोरा छोरीले बलिदान गरेका छन्। ‘के त्यो बलिदानमा विद्यार्थीले बगाएको रगत पानी साबित भएको हो ? हिजो जनवादी शिक्षाको नारा दिएर सत्ताको सिंहासनमा पुगेका पार्टीका ठुला ठुला नेताहरूले आफै निजी स्कुलमा लगानी गरेर व्यापार गरिरहेका छन्,’ उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप