नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ९ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । शनिवार र आइतबार काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो । पार्टी विधानअनुसार ११ जना पदाधिकारीसहित ९९ जान केन्द्रीय समिति हुने व्यवस्था छ ।
केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने व्यवस्था बमोजिम ९ जना केन्द्रीय सदस्य चयन गरेको हो । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन् । मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
केन्द्रीय सदस्य कार्य विभाजन सबै केन्द्रीय सदस्यहरू जिल्ला र आवश्यकता अनुरूप पालिका तहसम्म उत्प्रेरक भएर जानेछन् । बैठकले परिषद् एवं आयोग प्रमुख चयन गरेको छ ।
सल्लाहकार परिषद्– भक्तबहादुर शाह
विज्ञ परिषद्– हिसिला यमी
अनुशासन आयोग– मोती रिजाल
निर्वाचन आयोग– रामकुमार पुरी
लेखा आयोग– डा. जनक शाह
पुनरावेदन समिति– विष्णुहरि शर्मा रहेका छन् ।
यसैगरी सङ्घीय परिषद्को अध्यक्ष केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराई चयन भएका छन् । यसले विधान अधिवेशनको काम गर्नेछ । केन्द्रीय समिति र अन्य केन्द्रीय संरचनाका प्रमुखहरू पदेन सदस्य रहने गरी बाँकी सदस्य १६५ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने र १० प्रतिशत मनोनीत हुनेछ ।
विभाग प्रमुखहरूमा
प्रशिक्षण– पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई
सङ्गठन– महासचिव सोनामसिंह स्याङ्तान
अन्तर्राष्ट्रिय– उपाध्यक्ष मानुषी यमी भट्टराई
प्रवक्ता एवं प्रचार प्रसार– कृष्ण शर्मा
सामाजिक अभियान एवं जनपरिचालन– जी एस गुरुङ
आर्थिक व्यवस्थापन– हरि रिजाल
कार्यालय प्रमुखमा– अर्जुन थपलिया चयन भएका छन् ।
प्रदेश उत्प्रेरक
कोशी प्रदेश – भरत दाहाल
मधेश प्रदेश– उमेश साह
बागमती– आशा कुमारी तामाङ
गण्डकी– फणीन्द्र देवकोटा
लुम्बिनी– हरि रिजाल
कर्णाली– टेकम बाठा मगर
सुदूरपश्चिम– दुर्गा सोब
प्रवास– मानुषी यमी भट्टराई
भारत प्रवास– लक्ष्मण कार्की
आङ्गिक सङ्गठन
महिला– सिर्जना रिजाल
किसान– अमृतकुमार पुरी
मजदुर– तेजलाल कर्ण
युवा– जेकेन्द्र श्रेष्ठ
विद्यार्थी– रूपनारायण श्रेष्ठ
आदिवासी जनजाति– डिबी लिम्बू
दलित– गजाधर सुनार
उद्योग व्यवसाय– छन्द पन्थी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?