पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड

नयाँ दिल्ली । भारत–पाकिस्तानबिच भइरहेको च्याम्पिनय ट्रफीको खेलमा भारतीय बलर मोहम्मद शामीले एउटा खराब रेकर्ड राखेका छन्।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानविरुद्ध पहिलो ओभर गर्न आएका शामीले दुबई अन्तर्राष्ट्रिय रंगशालामा लामो ओभरको रेकर्ड बनाएका हुन् ।
३४ वर्षीय शामीले पाकिस्तानको इनिङ्सको पहिलो ओभरमा ११ बल गरे । जसमध्ये ५ बल वाइड रहे ।
यो नै उनको नाममा दर्ज भएको अनावश्यक कीर्तिमान बन्न पुग्यो। उनले यो खराब कीर्तिमानीमा भारतकै फास्ट बलर जसप्रित बुमराहलाई पछाडि पारे ।
भारतीय टोलीका फास्ट बलर शामीको यो ओभर च्याम्पियन्स ट्रफी इतिहासमा भारतका लागि सबैभन्दा लामो ओभरको रेकर्ड बनेको हो । साथै च्याम्पिन्स ट्रफी इतिहासकै दोस्रो सबैभन्दा लामो ओभर बन्यो ।
जसप्रित बुमराहको ९ बलको ओभरलाई शामीले पार गरे । सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा बुमराहले पाकिस्तानविरुद्ध ९ बलको ओभर गरेका थिए ।
यस ओभरमा शामीले ६ रन खर्चेका थिए भने ५ बल वाइड भएको थियो ।
लामो चोटपछि फर्किएका शामीले पछिल्लो खेलमा बंगलादेशविरुद्ध पाँच विकेट लिएका थिए ।
उनी च्याम्पियन्स ट्रफीमा पाँच विकेट लिने रवीन्द्र जडेजापछि दोस्रो भारतीय बलर बनेका हुन् । सँगै एकदिवसीयमा सबैभन्दा चाँडो २ सय विकेट पूरा गर्ने बलर पनि बने।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार स्रष्टालाई पारिजात सम्मान
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता